शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पोखरा क्षेत्रको प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

शुक्रबार, मंसिर २९ २०८०
पोखरा क्षेत्रको प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा आसपासका क्षेत्रमा सञ्चालन भइरहेको प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। 

प्राधिकरणले अर्को आदेश नहुँदासम्मका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाउने निर्णय गर्दै नेपाल हवाई खेलकुद संस्था एनएएलाई पत्राचार गरेको छ।

प्राधिकरणले जारी गरेको पत्रमा पोखरा क्षेत्रमा प्याराग्लाइडिङ उडान सञ्चालनसम्बन्धी गतिरोध सम्बन्धमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरू प्राप्त भएको तर एनएएबाट यस विषयमा कुनै जानकारी नभएको भन्दै प्याराग्लाडिङ उडान अर्को आदेश नहुँदासम्मलाई प्रतिबन्ध गरिएको उल्लेख छ। 


प्रकाशित : शुक्रबार, मंसिर २९ २०८०१५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend