सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

अब ८ कक्षादेखि नै टेलिकमको सिम पाइने, नयाँ सिम र रिचार्जकार्डमा थपियो सुविधा

बिहीबार , मंसिर २८ २०८०
अब ८ कक्षादेखि नै टेलिकमको सिम पाइने, नयाँ सिम र रिचार्जकार्डमा थपियो सुविधा

फिजिकल रिचार्जमार्फत एक सयको रिचार्ज गर्दा १ दिनका लागि १ जीबी डाटा बोनस पाइन्छ भने एक हजारको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनस उपलब्ध हुने टेलिकमले जनाएको छ।

काठमाडौं- नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ। यस्तै टेलिकमले कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत सिम उपलब्ध गराउने जनाएको छ।

९० रूपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत तीनसय एमबी एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ। तर अब सो सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ।

यी सबै सुविधा ३० दिनसम्म प्रयोग गर्न सकिने छ। पहिलेजस्तै यसमा १० रूपैयाँ ब्यालेन्ससमेत उपलब्ध हुनेछ। 

यस्तै टेलिकमले कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचयपत्रको आधारमा ९० रूपैयाँमा प्रिपेड सिमकार्ड उपलब्ध गराउने भएको छ।

सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ। नयाँ सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा सय मिनेट भ्वाइस कल गर्न र सय वटा एसएमएस पठाउन सकिने छ। यसमा पनि १० रूपैयाँ ब्यालेन्स हुनेछ।

यसैगरी टेलिकमले विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ। अब एक सयको रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ।

यसअनुसार एमपोसमार्फत एक सयदेखि १ सय ९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, दुई सयदेखि ४ सय ९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र पाँच सय वा सोभन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ।

त्यसैगरी फिजिकल रिचार्जमार्फत एक सयको रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, दुई सयको रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र पाँच सय तथा एक हजारको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ।

यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुनेछ।


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०१६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend