बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध

images
बिहीबार , मंसिर २८ २०८०
images
ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध

प्रस्तावित बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ।

images
images

काठमाडौं- ग्लोबल आइएमई बैंकको १७औँ वार्षिक साधारणसभाले ६ सञ्चालक निर्विरोध निर्वाचित गरेको छ।

images
images
images

साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीका समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गरेको हो। संस्थापक सेयरधनीका तर्फबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन्।

images
images

साधारणसभाबाट चन्द्रप्रसाद ढकाललाई निर्विरोध चयन गरेको छ। उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकाल निर्विरोध अध्यक्ष भएका हुन्। 

images
images

यस्तै बैंकको साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट बैंकले आफ्ना सेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ। 

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ। साथै बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो।

प्रस्तावित बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ।

गत वर्ष  बैंकको खुद ब्याज आम्दानीतर्फ अघिल्लो वर्ष भन्दा ६ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको थियो। बैंकको खुद मुनाफामा अघिल्लो वर्षको तुलनामा ३४.९९ प्रतिशतले बढेर ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ। बैंकले सोही अवधिमा ४ खर्ब ३९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै ३ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । 


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०१७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend