सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामै २८ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार , मंसिर २८ २०८०
तोलामै २८ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला २८ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य ५५ रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- यो साता लगातार घटेको सुनको मूल्य बिहीबार तोलामै २८ सय रूपैयाँले बढेको छ।  

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ८ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार २ सय ५० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता सुनको मूल्य आइतबार तोलामा १३ सय, सोमबार पाँच सय, मंगलबार सात सय बुधबार प्रतितोला तीन सय रूपैयाँले घटेको थियो। बुधबार छापावाल सुन एक लाख १६ हजार र तेजाबीको मूल्य प्रतितोला एक लाख १५ हजार ४ सय ५० रूपैयाँ कायम थियो।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी आज तोलामा ५५ रूपैयाँले बढेर प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend