सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

टाटा मोटर्स स्वावलम्बी अभियान २.० : दुई लाखको डाउनपेमेन्टमै टाटा एस वा टाटा इन्ट्रा खरिद गर्न सकिने

बुधबार, मंसिर २७ २०८०
टाटा मोटर्स स्वावलम्बी अभियान २.० : दुई लाखको डाउनपेमेन्टमै टाटा एस वा टाटा इन्ट्रा खरिद गर्न सकिने

सिप्रदी ट्रेडिङले वैदेशिक रोजगारीका लागि विदेश जान लागेका युवाहरुलाई लक्षित गरी यो योजना ल्याएको हो।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कामका लागि विदेश जान लागेका युवाहरुलाई लक्षित गर्दै 'टाटा मोटर्स स्वावलम्बी अभियान २.०' ल्याएको छ।

यस अभियानअन्तर्गत ग्राहकहरुले टाटा एस वा टाटा इन्ट्रा मात्र २ लाखको डाउनपेमेन्टमा खरिद गर्न सक्नेछन् र देशमै रही आफ्नो साथी-भाइ र परिवारका साथ रोजगारी/व्यवसायको अवसर सिर्जना गर्न सक्नेछन् र स्वाभिमानी भइ जीवन निर्वाह गर्न सक्नेछन्। 

सिप्रदी ट्रेडिङ कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणि ढकालले अहिलेको यो कठिन आर्थिक अवस्थामा देशमै रही केही गर्न चाहने युवाहरुका लागि यो अभियान राम्रो अवसर हुन सक्ने विश्वास व्यक्त गरे। यो योजना सार्वजनिक भएको केही दिनमात्र हुँदा पनि सोधपुछ गर्ने ग्राहकको संख्या उल्लेख्य हुनुले यसको पुष्टि गरेको उनी बताउँछन्।

सिप्रदी ट्रेडिङ प्रालिले यस्तो योजना पहिलोपटक भने ल्याएको होइन। यसअघि कोभिडका बेला पनि वैदेशिक रोजगारमा गएका कैयौँ नेपालीलाई घर फर्काइँदा सिप्रदीले स्वरोजगारको लागि यस्तै स्वावलम्बी अभियान सञ्चालन गरेको थियो। बजारको माग र देशबाट युवा तिव्र रुपमा पलायन भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाएको कमर्सियल भेहिकल बिजनेस यूनिटका सहायक जीएम दिवसबाबु सुवेदी बताउँछन्।

कुन गाडीमा कति वर्षको किस्ता बन्छ, फाइनान्समा कति प्रतिशत ब्याज लाग्छजस्ता विस्तृत जानकारीका लागि सिप्रदी ट्रेडिङको नजिकको शोरुममा सम्पर्क गर्न वा ९८०११०७६०० मा कल गर्न सकिने कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, मंसिर २७ २०८०१६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend