शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

समयमै उडान नगरेको भन्दै भैरहवा विमानस्थलमा श्री एयरलाइन्सप्रति यात्रुहरू आक्रोशित

बुधबार, मंसिर २७ २०८०
समयमै उडान नगरेको भन्दै भैरहवा विमानस्थलमा श्री एयरलाइन्सप्रति यात्रुहरू आक्रोशित

थोरै जहाज तर धेरै उडान राखेकाले यात्रुले समस्या पाएको उनले बताए।

भैरहवा- श्री एयरलाइन्सले समयमै उडान नगरेको भन्दै भैरहवा विमानस्थलमा यात्रुहरू आक्रोसित भएका छन्। 

बुधबार दिउँसो २ बजेका लागि टिकट दिएर बोर्डिङ गरेको तर चार बजेअघि उडान नहुने जानकारी पाएपछि यात्रुहरू एयरलाइन्सविरुद्ध आक्रोशित भएका हुन्। 

मौसमी तथा अन्य स्वभाविक कारण नभएर जहाज नभएको भन्दै ढिला उडान हुने जानकारी पाएपछि यात्रुहरू एयरलाइन्सविरुद्ध आक्रोशित भएका हुन्।

‘मौसम वा अरु कारणले भए त ठिकै हो तर जहाज नभएको भन्दै उडान नहुने भन्न पाइन्छ? यदि जहाज थिएन भने किन टिकट काटेको?’ बोर्डिङ पास लिएका यात्रु प्रेमप्रसाद पुलामीले भने। 

काउन्टरका अधिकारीहरूले रोटेसनका लागि जहाज अभाव भएको जानकारी दिएको उनले जानकारी दिए। थोरै जहाज तर धेरै उडान राखेकाले यात्रुले समस्या पाएको उनले बताए। 


प्रकाशित : बुधबार, मंसिर २७ २०८०१५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend