सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा तीनसयले घट्यो सुनको मूल्य

बुधबार, मंसिर २७ २०८०
तोलामा तीनसयले घट्यो सुनको मूल्य

यो साता सुनको मूल्य आइतबार तोलामा १३ सय, सोमबार पाँच सय र मंगलबार प्रतितोला सात सय रूपैयाँले घटेको थियो।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय र चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेको छ।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार चार सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यो साता सुनको मूल्य आइतबार तोलामा १३ सय, सोमबार पाँच सय र मंगलबार प्रतितोला सात सय रूपैयाँले घटेको थियो।

मंगलबार स्थिर रहेको चाँदीको मूल्य आज १० रूपैयाँले घटेर प्रतितोला एक हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

 


प्रकाशित : बुधबार, मंसिर २७ २०८०११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend