शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

काठमाडौं-ल्हासा सिधा उडान गर्दै हिमालय एयरलाइन्स

मंगलबार, मंसिर २६ २०८०
काठमाडौं-ल्हासा सिधा उडान गर्दै हिमालय एयरलाइन्स

सुरुवातका दुई उडान बिहीबार गर्ने हिमालयले त्यसपछि भने प्रत्येक हप्ता सोमबार उडान गर्ने योजना बनाएको छ।

काठमाडौं- हिमालय एयरलाइन्सले काठमाडौंबाट तीब्बतको ल्हासामा सिधा उडान गर्ने भएको छ। हिमालयले काठमाडौं-ल्साहा उडान हप्तामा एक दिन गर्ने भएको छ। अहिले ल्हासका लागि सिधा उडानको सुविधा छैन। 

सिधा उडान नहुँदा पर्यटकहरूलाई कठिन भरहेको छ। हिमालयले उडान सुरू गरेपछि सस्तोमा यात्रा गर्न पाएपछि पर्यटक बढ्ने विश्वास पर्यटन व्यवसायीको पनि रहेको  छ। 

हिमालयले डिसेम्बर २८ देखि काठमाडौं-ल्हासा उडान सुरू गर्ने जनाएको छ। यसका लागि सुरुवाति भाडा ३३४ डलर तोकिएको छ। १ घण्टा २० मिनेटको उडान दुरीम रहेको छ। 

सुरुवातका दुई उडान बिहीबार गर्ने हिमालयले त्यसपछि भने प्रत्येक हप्ता सोमबार उडान गर्ने योजना बनाएको छ। 

यात्रुको माग बढ्दै गएपछि उडान संख्या बढाउने योजना एयरलाइन्सको छ। तीब्बतसम्म धेरै चिनियाँहरू आएपनि सडक तथा हवाइ यात्रा सहज नहुँदा नेपाल आउन नसकेको धेरैको बुझाइ छ। 

उडान संख्या बढ्दै गएर एयरलाइन्सहरु थपिएपछि यात्रा पनि सस्तो हुनेछ। एयरलाइन्सले हाल चार वटा जहाजमार्फत १० वटा गन्तव्यमा उडान गरिरहेको छ।


प्रकाशित : मंगलबार, मंसिर २६ २०८०१४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend