शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भक्तपुरमा तयार भयो २७ हेलिकप्टर अट्ने पाेर्ट, परीक्षण उडान सम्पन्न

मंगलबार, मंसिर २६ २०८०
भक्तपुरमा तयार भयो २७ हेलिकप्टर अट्ने पाेर्ट, परीक्षण उडान सम्पन्न

काठमाडौं- नागरिक उड्ययन प्राधिकरणले भक्तपुर नलिनचोकमा निर्माण गरेको सुविधासम्पन्न हेलिपोर्टमा 'डेमो' उडान गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिपोर्ट हटाउने योजनाअनुसार प्राधिकरणले नलिनचोकमा हेलिपोर्ट बनाएको हो। जहाँ २७ वटा हेलिकप्टर अट्ने क्षमता रहेको छ।  

अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुँदै गएको हुँदा सुरक्षित र द्रुत सेवाका लागि भन्दै प्राधिकरणले झण्डै ३० करोड रुपैयाँ लागतमा नलिनचोकमा हेलिपोर्ट निर्माण गरेको हो। विस्तारै नयाँ हेलिपोर्टबाट नै सबै हेलिकोप्टरको उडान तथा अवतरण हुने छ।

अहिले काठमाडौंको विमानस्थलमा आन्तरिक नियमित, अन्तर्राष्ट्रिय  र कार्गो उडान हुँदै आएको छ। हेलिकप्टरका लागि पनि दैनिक यात्रुहरू विमानस्थलकै सुरक्षा घेरा पार गर्दै गइरहेका हुन्छन्।

heliport nalinchowk (2).jpg

अरु सबै उडानको प्रकृति उस्तै भए पनि हेलिकप्टरको उडान तथा सञ्चालन विधि र प्रक्रिया नै फरक भएकाले विमानस्थलबाट छुट्याउनुपर्ने प्राधिकरणले निष्कर्षसहित यो हेलिपोर्ट निर्माण थालिएको थियो। 

उच्च पदस्थ नेतादेखि दैनिक पर्वतीय उडानमा जाने यात्रुहरू हेलिप्याडसम्मै पुगेर यात्रा गर्ने गरेका छन्। हेलिकप्टर पनि सँगै हुँदा कतिपय नेताहरू प्रोटोकलविपरीत निजी गाडी हेलिप्याडसम्मै लैजाने गरेका छन्।  

heliport nalinchowk (3).jpg

नलिनचोकमा प्राधिकरणकै ४० रोपनी जग्गा भएको र त्यहीँ ठाउँमा हेलिपोर्ट निर्माण भएको हो। हेलिकप्टरका लागि व्यवस्थित र सुरक्षित पूर्वाधार निर्माण भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरण महानिर्देशकको जिम्मेवारीमा प्रदीप अधिकारी आएसँगै हेलिपोर्ट निर्माणका लागि तीब्रता दिएका थिए। 

heliport nalinchowk (4).jpg


प्रकाशित : मंगलबार, मंसिर २६ २०८०१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend