सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

लगातार तेस्रो दिन घट्यो सुनको मूल्य, चाँदीको स्थिर

मंगलबार, मंसिर २६ २०८०
लगातार तेस्रो दिन घट्यो सुनको मूल्य, चाँदीको स्थिर

मंगलबार सुनको मूल्य प्रतितोला सात सय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर छ।

काठमाडौं- यो साता नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ। आइतबार तोलामा १३ सय र सोमबार पाँच सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला ७ सय रूपैयाँले घटेको हो। 

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ३ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ७ सय ५० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आइतबार प्रतितोला ३५ रूपैयाँ र सोमबार १० रूपैयाँले घटेको चाँदीको मूल्य भने मंगलबार स्थिर छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चार सय १० रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : मंगलबार, मंसिर २६ २०८०१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend