सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

डिशहोमले विजेता खेलाडीलाई दियो नगद पुरस्कार

सोमबार, मंसिर २५ २०८०
डिशहोमले विजेता खेलाडीलाई दियो नगद पुरस्कार

डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले अबका दिनमा पनि क्यानसँग जोडिएर अघि बढ्ने प्रतिबद्धता पनि जनाए।

काठमाडौं- डिशहोमले पुरस्कार जित्ने खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ। आइतबार भैसेँपाटीमा रहेको आफ्नै मुख्य कार्यालय परिसदभित्र एक कार्यक्रम गरी आईसीसी टी-२० आई विश्वकप छनोटअन्तर्गत विजेता खेलाडीलाई डिशहोमले घोषणा गरेको नगद पुरस्कार हस्तान्तरण गरिएको हो।

२९ अक्टोवर, २०२३ देखि सुरु भएको आईसीसी टी-२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो। 

पुरस्कारअन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख,
एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो।

सोही घोषणा बमोजिम खेलाडीलाई पुरस्कार वितरण गरिएको डिशहोमले जनाएको छ। पुरस्कार वितरण कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, मुख्य प्रशिक्षक मोन्टी देसाई, कप्तान-रोहित कुमार पौडेललगायत अन्य खेलाडीहरु पनि उपस्थित भएका थिए।      

डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले उत्साह व्यक्त गर्दै भने, 'हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौँ। हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो।'

साथै अबका दिनमा क्यानसँग जोडिएर अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाए।


प्रकाशित : सोमबार, मंसिर २५ २०८०१६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend