सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न

सोमबार, मंसिर २५ २०८०
शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न

मधेस प्रदेशस्तरमा गरिएको उक्त कार्यक्रममा १ सय ५० वटाभन्दा बढी आवेदन परेकामा ७५ जना दोस्रो चरणका लागि छनोट भएका थिए।

काठमाडौं- 'मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान' मुल नाराका साथ शौर्य सिमेन्टको आयोजना आयोजित मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ।

मधेस प्रदेशस्तरमा गरिएको उक्त कार्यक्रममा १ सय ५० वटाभन्दा बढी आवेदन परेको थियो, जसबाट दोस्रो चरणमा ७५ जनालाई छनौट गरिएको थियो। छनौट भएका ७५ जनालाई शौर्य सिमेन्ट उद्योगको परिसरस्थित हलमा क्यानभासमा दिइएको विषयवस्तुअनुसार चित्र बनाउन लगाइएको थियो। उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनौट गरिने छ जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ। 

तेस्रो चरणको प्रतियोगिता पुस २ गतेदेखि ७ गतेसम्म चल्नेछ। यस प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार र बाँकी १२ जनालाई ५/५ हजार रूपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ।

उक्त कार्यक्रमको निर्णयक टिममा मिथिला आर्ट ग्यालरिका सञ्चालक श्यामसुन्दर यादव र सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर रहेका छन्। शौर्य सिमेन्टले गरेको यो कार्यक्रमको चौतर्फी प्रशंसा भइरहेको कम्पनीले जनाएको छ।


प्रकाशित : सोमबार, मंसिर २५ २०८०११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend