सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार, मंसिर २५ २०८०
तोलामा पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला पाँच सय र चाँदीको प्रतितोला १० रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ। आइतबार तोलामा १३ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला पाँच सय रूपैयाँले घटेको हो।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार चार सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ। चाँदी आज प्रतितोला एक हजार चार सय १० रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : सोमबार, मंसिर २५ २०८०११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend