सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एनटी फाइबर प्रविधिमार्फत टेलिफोन सेवामात्रै प्रयोग गरेकाहरुका लागि टेलिकमले ल्यायो यस्तो अफर

आइतबार, मंसिर २४ २०८०
एनटी फाइबर प्रविधिमार्फत टेलिफोन सेवामात्रै प्रयोग गरेकाहरुका लागि टेलिकमले ल्यायो यस्तो अफर

यो सुविधा एक महिनासम्मका लागि मात्रै नि:शुल्क हुनेछ। एक महिनाभन्दा बढी प्रयोग गर्नका लागि भने ग्राहकले शुल्क तिर्नुपर्ने हुन्छ।

काठमाडौं- नेपाल टेलिकमले एनटी फाइबर प्रविधिमार्फत टेलिफोन सेवामात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा उपलब्ध गराउने भएको छ।

एनटी फाइबर प्रविधिअन्तर्गत हाल टेलिफोन सेवामात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिनासम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ।

मंसिर २५ देखि लागु हुनेगरी प्रोमोसनल अफरका रुपमा यो सुविधा लागु गर्न लागिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। उनका अनुसार यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात् फेरि १ डायल गरी त्यसमा अनुरोध गर्न सकिन्छ। त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ। 

एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुने प्रवक्ता अधिकारीले बताए। एक महिनाभन्दा बढी समयसम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८-१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रुपमा यो सेवा प्रयोग गर्न सक्नेछन्। 


प्रकाशित : आइतबार, मंसिर २४ २०८०१८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend