सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

ग्लोबल आईएमई बैंकले एकसाथ सञ्चालनमा ल्यायो चार नयाँ शाखा

आइतबार, मंसिर २४ २०८०
ग्लोबल आईएमई बैंकले एकसाथ सञ्चालनमा ल्यायो चार नयाँ शाखा

ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।

बैंकले काठमाडौंको बूढानिलकण्ठ, दहचोक, चितवनको शरदपुरमा र तनहुँको आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।


प्रकाशित : आइतबार, मंसिर २४ २०८०१७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend