शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बुद्ध एयरको नियमित उडानमा १७ जहाज

आइतबार, मंसिर २४ २०८०
बुद्ध एयरको नियमित उडानमा १७ जहाज

बुद्धसँग अब ७२ सिट क्षमताका एटीआर-७२ जहाज १४ पुगेका छन्। त्यस्तै एटीआर-४२ जहाज ३ वटा रहेका छन्।

काठमाडौं- मुलुककै सबैभन्दा ठूलो आन्तरिक हवाइसेवा प्रदायक कम्पनी बुद्ध एयरको नियमित उडानमा १७ वटा जहाज भएका छन्। 

हालमैमात्र थपिएको बुद्धको जहाजबाट आजदेखि उडान सुरू भएपछि १७ वटा पुगेका हुन्। 

आन्तरिक उडानमा दुई तिहाई बजार हिस्सा ओगट्ने बुद्धको यो थपिएको जहाजले आजदेखि काठमाडौं-तुम्लिङटारमा पहिलो उडान गरेको छ। यो उडानमा ५९ जना यात्रु रहेका थिए। 

बुद्धसँग अब ७२ सिट क्षमताका एटीआर-७२ जहाज १४ पुगेका छन्। त्यस्तै एटीआर-४२ जहाज ३ वटा रहेका छन्। 


प्रकाशित : आइतबार, मंसिर २४ २०८०१७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend