शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

३० करोड डलर लगानीमा टाटा ग्रुपले भारतमै ‘सेमिकन्डक्टर’ बनाउने

आइतबार, मंसिर १२ २०७८
३० करोड डलर लगानीमा टाटा ग्रुपले भारतमै ‘सेमिकन्डक्टर’ बनाउने

आगामी दिनमा सेमिकन्टक्टरको अभाव नहोस् भनेर टाटा समूहले भारतमा सेमिकन्डक्टर उत्पादन गर्न ३० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ।

काठमाडौं- भारतको ठूलो व्यापारीक समूह टाटाले भारतमै सेमिकन्डक्टर बनाउने भएको छ। समूहले सवारी उत्पादनका लागि अत्यावश्यक सेमिकन्डक्टर (चिप) बनाउने भएको हो। कोरोना महामारी पछिको लकडाउनका कारण विश्वभर सेमिकन्डक्टरको अभाव हुँदा कार उत्पादनमा ठूलो प्रभाव परिनै रहेको छ। 

आगामी दिनमा सेमिकन्टक्टरको अभाव नहोस् भनेर टाटा समूहले भारतमा सेमिकन्डक्टर उत्पादन गर्न ३० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ। सेमिकन्टक्टर एसेम्बल उद्योग स्थापना र परीक्षणका लागि टाटा समूहले ३ वटा राज्यसँग कुरा गरिरहेको लाइभमिन्टले लेखेको छ। 

भारतको ठूलो मध्येको एक व्यवसायिक घराना टाटा समूहले पहिलो पटक हाइ-टेक उत्पादन व्यवसाय सुरु गर्न लागेको हो। टाटाले भारतका ३ राज्य लामिलनाडू, कर्नाटक र टेलाङगनासँग हाइ-टेक उद्योग स्थापना गर्ने विषयमा कुरा गरिरहेको छ।

आउटसोर्सड सेमिकन्डक्टर एसेम्ब्ली एन्ड टेस्ट (ओएसएटी) प्लान्ट स्थापनाका लागि आवश्यक जमिनका विषयमा ती राज्यहरुसँग छलफल भइरहेको टाटाको भनाइ छ। 

टाटाले केही समयअघि आफू सेमिकन्डक्टर व्यवसायमा प्रवेश गर्ने बताएको थियो। टाटाले उल्लेखित ३ राज्यमा उपयुक्त स्थान खोजि रहेको र आगामी महिनासम्ममा जग्गा छनोट भइसक्ने जनाएको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ल्याएको ‘मेक इन इन्डिया’ योजनाबाट अधिकतम् लाभ लिने नीति टाटा समूहले लिएको देखिन्छ। मेक इन इन्डिया योजनामा प्रविधिमा आधारित उत्पादनलाई उच्च प्राथमिकता दिने भनाइ भारत सरकारको छ। 

टाटा ग्रुप भारतको सबैभन्दा ठूलो सफ्टवयर सर्भिर निर्यात कर्ता टाटा कन्सल्ट्यान्सी सर्भिसको माउ कम्पनी समेत हो। अटोमोबाइलदेखि उड्डयन क्षेत्रसम्म लगानी गरेको टाटा समूहले महँगा तथा प्रविधि व्यवसायमा लगानी विस्तार गरिरहेको छ। 

टाटा समूहले २०२२ को अन्त्यसम्ममा भारतमा सेमिकन्डक्टर उद्योगबाट उत्पादन गरिसक्ने दाबी गरेको छ। सो उद्योगमा ४ हजार जनासम्मले रोजगारी पाउने अनुमान गरिएको छ। 


प्रकाशित : आइतबार, मंसिर १२ २०७८१४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend