शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

उड्दाउड्दैको जहाजबाट आपतकालीन ढोकाको सिसा खसेपछि...

आइतबार, मंसिर २४ २०८०
उड्दाउड्दैको जहाजबाट आपतकालीन ढोकाको सिसा खसेपछि...

अहिले खोज्ने क्रम जारी रहेको छ। तर जहाज सकुसल नै लुक्लामा अवतरण गरिएको छ।

काठमाडौं- तार एयरको जहाज उडानकै क्रममा आपत्कालीन ढोकाको सिसा खसेको छ।

काठमाडौंबाट लुक्लातर्फ उडेको तार एयरको नाइनएन एएलओ कलसाइनको जहाज उडिरहेका बेला जहाजको इमरजेन्सी ढोकामा रहेको सिसा खसेको हो। 

तारा एयरको उक्त जहाजले बिहान लुक्लातर्फ उडान भरेको थियो। जहाज उडानकै क्रममा आकाशबाटै ढोकाको सिसा खसेको हो। अहिले खोज्ने क्रम जारी रहेको छ। तर जहाज सकुसल नै लुक्लामा अवतरण गरिएको छ। 

जहाज क्याप्टेन अमित गुरुङको कमाण्डमा उठेको थियो। जहाजमा ११ सय २६ केजी सामान थिए।


प्रकाशित : आइतबार, मंसिर २४ २०८०११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend