सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

प्रतितोला १३ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, मंसिर २४ २०८०
प्रतितोला १३ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला १३ सय र चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १३ सय र चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ९ सय ५० रूपैयाँ कायम छ। 

चाँदी आज प्रतितोला एक हजार ४ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : आइतबार, मंसिर २४ २०८०११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend