सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

वार्षिकोत्सवको अवसरमा सानिमा बैंकको रक्तदान कार्यक्रम

बिहीबार , मंसिर २१ २०८०
वार्षिकोत्सवको अवसरमा सानिमा बैंकको रक्तदान कार्यक्रम

काठमाडौं- सानिमा बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

बैंकले नक्सालस्थि सामुदायिक सेवा केन्द्र तथा नक्सालकै सामुदायिक प्रहरी सेवा केन्द्र, ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैँचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको बैंकले जनाएको छ। बिहीबार ११ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे। 

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ। सानिमा बैंकको सातै प्रदेशमा हाल १३३ वटा कार्यालयहरु र १२३ वटा एटीएम सञ्चालनमा रहेका छन्।


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend