सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

टाटा पार्टसका फाइदाबारे जानकारी गराउन धनगढीमा मेकानिक्स तथा वितरकको भेला

बिहीबार , मंसिर २१ २०८०
टाटा पार्टसका फाइदाबारे जानकारी गराउन धनगढीमा मेकानिक्स तथा वितरकको भेला

कार्यक्रममा उत्कृष्ट काम गर्ने टाटा गुरु तथा पार्टस्‌का वितरकलाई उपहारसहित सम्मानसमेत गरिएको थियो।

काठमाडौं- सिप्रदी अटोपार्टस् प्रालिले सुदूरपश्चिम प्रदेशको धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्टस् वितरकहरुको भेला आयोजना गरेको छ।

टाटाका सामानहरु सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरुलाई अधिकतम फाइदा उपलब्ध गराउने उद्देश्यले मंसिर १९ मा भेला आयोजना गरिएको सिप्रदी अटोपार्टस्‌ले जनाएको छ।

कार्यक्रममा सिप्रदी अटोपार्टस्‌का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टसको प्रयोग गर्नुका फाइदाहरुका बारेमा जानकारी गराएका थिए। करिब ५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रम सिप्रदी अटोपार्टसका क्षेत्रीय प्रबन्धक डम्बर चन्दले सञ्चालन गरेका थिए।

साथै कार्यक्रममा उत्कृष्ट काम गर्ने टाटा गुरु तथा पार्टस्‌का वितरकलाई उपहारसहित सम्मानसमेत गरिएको थियो।


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend