सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बिहीबार बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बिहीबार , मंसिर २१ २०८०
बिहीबार बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बिहीबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। यो साता लगातार दुई दिन उच्च बिन्दुमा पुगेर त्यसयता घटेको सुनको मूल्य बिहीबार पुन: बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बिहीबार तोलामा दुई सय रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६ सय रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँ कायम छ। 

चाँदीको मूल्य भने आज घटेको छ। बुधबार प्रतितोला २० रूपैयाँले बढेको चाँदीको मूल्य बिहीबार २० रूपैयाँले घटेको हो। चाँदी आज प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend