शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागि एडीबी र विश्व बैंकको सहकार्य

images
बुधबार, मंसिर २० २०८०
images
नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागि एडीबी र विश्व बैंकको सहकार्य

विशेषगरी माथिल्लो अरुण र दूध कोशीजस्ता आयोजनामा लगानीका लागि साझेदारी गर्ने सम्झौता गरेका छन्।

images
images

काठमाडौं- नेपालका दुई प्रमुख दातृ संस्था एसियाली विकास बैंक र विश्व बैंकले जलविद्युतमा लगानी गर्न सहकार्य गर्ने भएका छन्। 

images
images
images

यी दुई संस्थाले नेपालमा दिगो जलविद्युतको विकासका लागि सहकार्य गर्नका लागि सैद्धान्तिक सम्झौता गरेका छन्। यूएईको दुबईमा जारी कोप २८ अन्तर्गत साइडलाइन वार्तामा यी दुई संस्थाले सम्झौता गरेका हुन्। 

images
images

विशेषगरी माथिल्लो अरुण र दूध कोशीजस्ता आयोजनामा लगानीका लागि साझेदारी गर्ने सम्झौता गरेका छन्। 

images
images

नवीकरणीय ऊर्जालगायतका अन्य जलवायु परिवर्तन अनुकूलित परियोजनामा सयुक्त लगानी गर्ने गर्ने यी दुई संस्थाले सहमति गरेका छन्। 


प्रकाशित : बुधबार, मंसिर २० २०८०१६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend