शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

नेपालगञ्जमा नियमविपरीत सञ्चालित १३२ ई-रिक्सा नियन्त्रणमा

images
बुधबार, मंसिर २० २०८०
images
नेपालगञ्जमा नियमविपरीत सञ्चालित १३२ ई-रिक्सा नियन्त्रणमा

नेपालगञ्ज सहरमा आवश्यकताभन्दा बढी ई-रिक्सा जथाभावी चल्न थालेपछि ट्राफिक अस्तव्यस्तता बढेको ट्राफिक प्रमुखको भनाइ छ।

images
images

जानकी- बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका एक सय ३२ ई-रिक्सा नियन्त्रणमा लिएको छ।

images
images
images

सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटलाई कालो बनाइएका यात्रु बोकिरहेका ई-रिक्सालाई नियन्त्रणमा लिइएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए। उनका अनुसार मंगलबार एक सय ३२ ई-रिक्सालाई नियन्त्रणमा लिइएको छ।

images
images

नीतिनियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ यात्रुवाहक ई-रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ ई-रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा नियन्त्रणमा लिएर राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। 'यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती ई-रिक्सालाई गुड्न दिइने छैन', प्रजिअ पोखरेलले भने, 'यातायातमा प्रक्रिया पुर्‍याएर उपमहानगरपालिकामा सूचीकृत भएपछि मात्र हामीले ई-रिक्सा चल्ने अनुमति दिने छौँ।'

images
images

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार उक्त ई-रिक्सा ‘होल्ड’ गरिएको छ। जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, ट्राफिक प्रहरी, ई-रिक्सा कम्पनीलगायत सरोकारवालाबीचको निरन्तर छलफल र बैठकपछि ई-रिक्सा होल्ड गर्न सुरु गरिएको उनले बताए।

उपमहानगरपालिकाद्वारा पछिल्लो पटक पनि सार्वजनिक सूचना जारी गर्दै रातो नम्बर प्लेटलाई कालो बनाउन आह्वान गरिएको थियो। नेपालगञ्ज सहरमा आवश्यकताभन्दा बढी ई-रिक्सा जथाभावी चल्न थालेपछि ट्राफिक अस्तव्यस्तता बढेको ट्राफिक प्रमुख सुवेदीले बताए। करिब चार हजार गुडे पुग्ने अनुमान गरिएको नेपालगञ्जमा झन्डै १० हजार ई-रिक्सा गुडेको उनको भनाइ छ। हालसम्म नेपालगञ्जमा दुई हजार आठ सय ई-रिक्सामात्र सूचीकृत भएको उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख वीरबहादुर थापाले बताए। रासस


प्रकाशित : बुधबार, मंसिर २० २०८०१६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend