शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

पृथ्वीराजमार्गको मादी नदीमा थालियो पुल निर्माण

images
बुधबार, मंसिर २० २०८०
images
पृथ्वीराजमार्गको मादी नदीमा थालियो पुल निर्माण
सांकेतिक तस्बिर

मुग्लिन-पोखरा सडकखण्डको व्यास नगरपालिका-३ र ५ जोड्ने मादी नदी माथि उक्त पुल निर्माण थालिएको हो। पुल निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा ठेक्का सम्झौता छ।

images
images

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’को पुल निर्माण सुरु गरिएको छ। मुग्लिन-पोखरा सडकखण्डको व्यास नगरपालिका-३ र ५ जोड्ने मादी नदी माथि उक्त पुल निर्माण थालिएको हो।

images
images
images

अनप जेडआईसी जेभी चाइनिज निर्माण कम्पनीले पुल निर्माणको लागि ठेक्का गरेको मुग्लिन-पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। तीन सय पन्ध्र मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले २०२२ अगष्ट ११ मा सम्झौता गरेको हो। उक्त पूर्वी खण्डमा हालसम्म ३८ प्रतिशत कार्य प्रगति भएको उनले बताए।

images
images

'हालको मादीपुलबाट करिब ५० मिटर दुरीमा नयाँ पुल निर्माण भइरहेको छ,' उनले भने, 'पुल निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा ठेक्का सम्झौता छ।' ढाँचाअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ।

images
images

दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ।

पूर्वीखण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनले लिएको छ। उक्त खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको हो। यस खण्डको काम २०७८ बैशाख २ मा गरिएको हो। ४१.४५ किलोमिटर दुरीको यो खण्डको काम २०८१ बैशाखसम्म सक्नुपर्ने सम्झौता भएको छ। रासस


प्रकाशित : बुधबार, मंसिर २० २०८०१६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend