शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

स्मार्टफोन निर्माता साओमीले वार्षिक ३ लाख कार उत्पादन गर्न बेइजिङमा प्लान्ट बनाउने

शनिबार, मंसिर ११ २०७८
स्मार्टफोन निर्माता साओमीले वार्षिक ३ लाख कार उत्पादन गर्न बेइजिङमा प्लान्ट बनाउने

साओमीले बेइजिङमा बनाउने प्लान्ट दुई चरणमा निर्माण हुनेछ। 

काठमाडौं- स्मार्टफोनमा ख्याति कमाएको चिनियाँ कम्पनी साओमीले विद्युतीय कार उत्पादनको योजना केही समयअघि सार्वजनिक गरेको थियो। सोही योजना अनुरुप कम्पनी विद्युतीय कार उतपादन गर्न चीनको राजधानी बेइजिङमा प्लान्ट स्थापना गर्ने भएको छ। 

साओमीले बेइजिङमा वार्षिक ३ लाख विद्युतीय कार उत्पादन क्षमताको प्लान्ट स्थापना गर्ने शनिबारै बताएको रोयर्टसले लेखेको छ। साओमीले बेइजिङमा बनाउने प्लान्ट दुई चरणमा निर्माण हुनेछ। 

कम्पनीले अटो युनिटको केन्द्रीय कार्यालय र सेल्सको अर्को कार्यालय बनाउने छ। त्यस्तै दोस्रो चरणमा अनुसन्धान कार्यालय बनाउने छ। यो कार्यालय बेइजिङमा रहेको बेइजिङ इकोनोमिक एन्ड टेक्निकल डेभलपमेन्ट जोनमा निर्माण गरिने छ। 

साओमीले २०२४ सम्ममा उक्त प्लान्टबाट विद्युतीय कार उत्पादन गर्ने लक्ष्य राखेको साओमीका प्रमुख कार्यकारी ली जुनले अक्टोबरमा बताएका थिए। त्यस्तै गएको मार्चमा साओमीले आगामी १० वर्षमा विद्युतीय कार डिभिजनमार्फत १० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो। अगस्ट अन्त्यसम्ममा साओमीले विद्युतीय कार निर्माणका लागि आवश्यक दर्ता प्रक्रिया सकिसकेको जनाएको छ। 

साओमीले पछिल्लो पटक चीनका विभिन्न सहरहरुमा हजारौं स्टारहरु खोलिरहेको छ। यसरी स्टोर विस्तार गर्नुको मुख्या कारण आगामी दिनमा उत्पादन हुने विद्युतीय कार बिक्रीका लागि सोही स्टोर उपयोग गर्ने नीति कम्पनीले लिएको उक्त समाचारमा उल्लेख छ। 


प्रकाशित : शनिबार, मंसिर ११ २०७८०९:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend