सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नवविवाहित जोडीलाई बुद्ध एयरको काठमाडौं-पोखरा टिकट उपहार

बुधबार, मंसिर २० २०८०
नवविवाहित जोडीलाई बुद्ध एयरको काठमाडौं-पोखरा टिकट उपहार

काठमाडौं- बुद्ध एयरले नवविवाहित दम्पतीका लागि उपहार योजना ल्याएको छ। बुद्ध एयरको जहाजमा यात्रा गर्ने नवदम्पतीका लागि कम्पनीले काठमाडौं-पोखराको दुईतर्फी टिकट उपहार दिने योजना सार्वजनिक गरेको हो। 

नोभेम्बर १७ देखि डिसेम्बर १६ सम्म लागु हुने यो योजनामा सहभागी हुने नवविवाहित दम्पतीले बिवाहको दिन बिवाहकै पोसाकमा बुद्ध एयरको जहाजबाट यात्रा गरेको हुनु पर्नेछ। यात्रा गर्दै गर्दाको फोटो वा बुद्ध एयरको जहाज देखिने गरी बाहिरको फोटो खिचेर अंग्रेजीमा टुगेदर फरेभर ह्यासट्याग प्रयोग गरेर सामाजिक सञ्जालमा अपलोड गर्नु पर्नेछ।

जुनसुकै स्थानबाट यात्रा गरेको भए पनि यस उपहार योजनामा सहभागी हुन सकिने बुद्ध एयरले जनाएको छ। 

बुद्ध एयरका अनुसार सहभागीमध्येबाट १० जोडीले काठमाडौं-पोखराको दुईतर्फी टिकट उपहार पाउनेछन्। सो टिकट इमेल आएको १४ दिन भित्र लिन आउनु पर्नेछ। उपहार जितेको टिकट २ महिनाभित्रमा प्रयोग गरिसक्नु पर्नेछ।


प्रकाशित : बुधबार, मंसिर २० २०८०१४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend