सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

बुधबार, मंसिर २० २०८०
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकूल पारेर कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन्।

काठमाडौं- बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले किओस्क मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ। यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयमले किओस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ।

यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकूल पारेर कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन्। यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फूर्तरुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरुले पूर्णरुपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जनाएको छ।

अहिले नबिल बैंकले काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार उपत्यकाभित्र तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिर विराटनगर, वीरगञ्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिनेछ।

नबिलले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। नबिल बैंकको ग्राहक संख्या १८ लाखभन्दा बढी रहेको बैंकको भनाइ छ।


प्रकाशित : बुधबार, मंसिर २० २०८०१३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend