शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

औपचारिक माध्यमबाट विप्रेषण पठाउन प्रहरीको अनुरोध

images
बुधबार, मंसिर २० २०८०
images
औपचारिक माध्यमबाट विप्रेषण पठाउन प्रहरीको अनुरोध

साइबरजन्य ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हुँदा यस्ता झुटा अश्वासनमा नपरी ठगी हुनबाट जोगिन पनि प्रहरीले अनुरोध गरेको छ।

images
images

काठमाडौं- नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानूनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ।

images
images
images

वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न अनुरोध गरेको हो। 

images
images

यसरी विदेशी रकम प्राप्त गरेपश्चात ती अमूक व्यक्तिले 'म तपाईँले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु' भनी गैरकानूनी तवरमा नेपालमा रहेको बैंक खातामा जम्मा गराइदिने गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।

images
images

‘साइबर’जन्य ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हुँदा यस्ता झुटा अश्वासनमा नपरी ठगी हुनबाट जोगिन पनि प्रहरीले अनुरोध गरेको छ। रासस


प्रकाशित : बुधबार, मंसिर २० २०८०११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend