सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा ८ सयले घट्यो सुनको मूल्य, चाँदी २० रूपैयाँले सस्तियो

बुधबार, मंसिर २० २०८०
तोलामा ८ सयले घट्यो सुनको मूल्य, चाँदी २० रूपैयाँले सस्तियो

बुधबार चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ भने सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले घटेको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला २ हजार ४ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला ८ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँ कायम छ। 

यो साता आइतबार सुनको मूल्य प्रतितोला १८ सयले बढेको थियो भने सोमबार प्रतितोला ८ सय रूपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रूपैयाँ कायम थियो। 

बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा ४५ रूपैयाँले घटेको चाँदीको मूल्य बुधबार प्रतितोला २० रूपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ८० रूपैयाँ तोकिएको महासंघले जनाएको छ। 


प्रकाशित : बुधबार, मंसिर २० २०८०१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend