शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

रेडबुलको उत्पादन नेपालमै, अर्थमन्त्रीले गरे फ्याक्ट्री उद्घाटन

images
मंगलबार, मंसिर १९ २०८०
images
रेडबुलको उत्पादन नेपालमै, अर्थमन्त्रीले गरे फ्याक्ट्री उद्घाटन

सो अवसरमा बोल्दै महतले अर्थतन्त्रमा वित्तीय चाप भएपनि यसको समाधान अब छिटै हुने बताए।

images
images

काठमाडौं- ईनर्जी ड्रिंक्स रेडबुलको उत्पादन अबदेखि नेपालमै हुने भएको छ। सरकारले आयातमा उत्पादन प्रतिबन्ध लगाएपछि रेडुबुलको उत्पादन नेपालमै सुरू भएको हो। नवलपरासीमा रहेको फ्याक्ट्रीबाट रेडबुलको उत्पादन हुनेछ। 

images
images
images

फ्याक्ट्री उद्‍घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्ड आयात रोकिएपछि फ्याक्ट्री नै नेपाल आएको बताए। नेपालमा २०७६ असार २ गतेदेखि राजपत्रमा सूचना प्रकाशन गरी इनर्जी ड्रिंक्सको आयात बन्द गरिएको छ। 

images
images

‘रेडबुल अब नेपालमै उत्पादन सुरु भएको छ, यसले रोजगारी दिनेछ, मागअनुसार तीनवटै सिफ्टमा फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्छ। आम्दानी पनि यो क्षेत्रका लागि तीन गुणा बढ्छ, सँगसँगै राजश्व पनि देशका लागि तीन गुणा बढ्छ’ उनले भने। 

images
images

उद्योग विभागको तथ्यांकअनुसार यसअघि नै नेपालमा जुस र इनर्जी ड्रिंक्सका ७ वटा उद्योग सञ्चालनमा छन्।

१ अर्ब ५० करोड रुपैयाँ लगानीमा तेजसु प्रालि, ३० करोडको लगानीमा सुन्दर वेभरेज, २७ करोडको लगानीमा क्रिस्टल वेभरेज प्रालि, २४ करोडको लगानीमा सीजी फुड्स् नेपाल प्रालि सञ्चालनमा छ।

यस्तै नेपालमा २१ करोडको लगानीमा सूर्य फुड एन्ड वेभरेज प्रालि, १ अर्ब रुपैयाँ लगानीमा साउथ एसियन वेभरेज प्रालि र २ अर्ब लगानीमा सरस वेभरेज प्रालि सञ्चालनमा रहेको विभागले जनाएको छ।

रेडबुलको आयात तथा उत्पादनको अनुमति नेपालमा सारस वेभरेजले पाएको छ। खेतान समूह अन्तर्गतको यो कम्पनीले वर्षमा ६ करोड क्यान रेडबुल उत्पादनको क्षमताको फ्याक्ट्री बनाएको छ। जर्मन प्रविधिमा आधारित फ्याक्ट्री राखिएको कम्पनीले जानकारी दिएको छ। 

सो अवसरमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा वित्तीय चाप भएपनि यसको समाधान अब छिटै हुने बताए। 

न्यून राजस्व संकलन र संकुचित मागले गर्दा नकारात्मक भावनाको विस्तार भएपनि अब समाधान उन्मुख भएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। 


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend