सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, एकैदिन २४ सयले घट्याे

मंगलबार, मंसिर १९ २०८०
उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, एकैदिन २४ सयले घट्याे

मंगलबार सुनको मूल्य प्रतितोला २४ सय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। यो साता लगातार उच्च बिन्दुमा पुगेको सुनको मूल्य मंगलबार प्रतितोला २ हजार ४ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार २ सय कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६ सय ५० रूपैयाँ तोकिएको छ।

यो साता आइतबार तोलामै १८ सय रूपैयाँले बढेर प्रतितोला एक लाख २० हजार ८ सय रूपैयाँ पुगेको सुनको मूल्य सोमबार प्रतितोला ८ सय रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रूपैयाँ कायम थियो। 

आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला पाँच रूपैयाँले बढेर सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला ४५ रूपैयाँले घटेको हो। चाँदी आज प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend