शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

५ वटा ठेक्काको काम समयमा नगर्ने निर्माण कम्पनी कालोसूचीमा

images
मंगलबार, मंसिर १९ २०८०
images
५ वटा ठेक्काको काम समयमा नगर्ने निर्माण कम्पनी कालोसूचीमा

कालोसूची अवधिभर यी निर्माण कम्पनीले कुनै पनि सरकारी टेन्डरमा सहभागी हुन पाउने छैनन्।

images
images

काठमाडौं- संयुक्त उपक्रममा ५ वटा ठेक्काको काम समयमा नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गरि कालोसूचीमा राखेको हो। 

images
images
images

मध्यपहाडी राजमार्गमा समयमा काम नगर्ने निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीलाई कालोसूचीमा राखिएको छ। यो जेभीमा रहेका तिनवटै निर्माण कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ। 

images
images

त्यसैगरि मध्यपहाडी राजमार्गमै ठेक्का पाएर काम गर्ने मैनाचुली/सिद्धिसाई जेभीलाई पनि कालोसूचीमा राखिएको छ। यो जेभीमा रहेका दुई निर्माण कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको हो। 

images
images

त्यसैगरि समयमा काम नगर्ने शेर्पा/हेना/सुनामी जेभी, कास्र्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्स र इजोन निर्माण सेवालाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ। 

कालोसूची अवधिभर यी निर्माण कम्पनीले कुनै पनि सरकारी टेन्डरमा सहभागी हुन पाउने छैनन्। 

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लगाउने निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६२ को उपदफा १ बमोजिम कालोसूचीमा राख्दै आएको छ।  


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend