शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

काठमाडौं‌ महानगरको सडकमा २२ हजार कुकुर रहेको अनुमान, २ महिनामा ३ हजार ४ सय ६९ कुकुरको बन्ध्याकरण

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १९ २०८०
images
काठमाडौं‌ महानगरको सडकमा २२ हजार कुकुर रहेको अनुमान, २ महिनामा ३ हजार ४ सय ६९ कुकुरको बन्ध्याकरण

अभियानअन्तर्गत आगामी पुस पहिलो सातासम्ममा पाँच हजार आठ सय कुकुरको स्थायी बन्ध्याकरण र १६ हजारलाई रेबिजविरुद्ध खोप दिने तयारी छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले विगत दुई महिनाको अवधिमा सडकमा भेटिएका ३ हजार ४ सय ६९ कुकुरको बन्ध्याकरण गरेको छ।

images
images
images

सामुदायिक कुकुर नियन्त्रण गर्ने उद्देश्यले काठमाडौं‌ महानगरपालिकाले गत असोज दोस्रो सातादेखि बन्ध्याकरण अभियान सुरु गरेको थियो। कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि काठमाडौं‌ महानगरपालिकाले बन्ध्याकरण र रेबिजविरुद्ध खोप अभियान सुरु गरेको हो।

images
images

काठमाडौं‌ महानगरपालिका कृषि विभाग प्रमुख डा अवधेश झाका अनुसार यसै अवधिमा पाँच हजार तीन सय २० वटा कुकुरलाई रेबिजविरुद्धको खोपसमेत  दिइएको छ। 

images
images

काठमाडौं‌ महानगरपालिका ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट उक्त अभियान सुरु गरेको हो। अभियानअन्तर्गत आगामी पुस पहिलो सातासम्ममा पाँच हजार आठ सय कुकुरको स्थायी बन्ध्याकरण र १६ हजारलाई रेबिजविरुद्ध खोप दिने तयारी छ। 

विभिन्न नौ संघसंस्थाको सहकार्यमा गरिएको उक्त कार्य दैनिक दुई सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ। यसका लागि दैनिक ५० जनाको विभिन्न समूह खटिएको छ।  

कुकुरको अनियन्त्रित प्रजनन हुन नदिन गरिने स्थायी बन्ध्याकरण, कुकुर नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो। 

शल्यक्रियामार्फत गरिने बन्ध्याकरण स्थायी हुने, भाले र पोथी दुवै कुकुरका लागि उपयोगी हुने हुनाले यो सबैभन्दा धेरै प्रयोग हुने विधि रहेकाले काठमाडौं‌ महानगरपालिकाले सोही विधि अपनाएको जनाइएको छ। 

हाल काठमाडौं‌ महानगरपालिकामा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान गरिएको छ। बिहान दिउँसो अथवा उज्यालोमा भन्दा बढी साँझ र बेलुकी सामुदायिक कुकुर बढी आक्रामक हुने गर्दछन्।

रोगी अपाङ्गता भएका वा अन्य समस्या भएपछि घरपालुवा कुकुरलाई मालिकहरुले घर निकाला गर्ने सडकमा ल्याई छाड्ने चलन र सडकमा रहेका कुकुरको अनियन्त्रित प्रजननले गर्दा पछिल्लो समय सामुदायिक कुकुरको सङ्ख्या बढ्ने गरेको बताइएको छ। 

नेपालको मुलुकी अपराधसंहिता २०७४ बमोजिम कसैले पशुपक्षीलाई कुटी, हिर्काइ, बोक्न नसक्ने गरी भारी बोकाई वा हानिकारक वस्तु सेवन गराएमा वा अन्य प्रकारको यातना दिएमा पशुपक्षीप्रति निर्दयी व्यवहार गरेको मानी तीन महिनासम्म कैद वा पाँच हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। 

काठमाडौं‌ महानगरपालिकाले केही समयभित्र चौपायालाई ओसारपसार गर्ने एम्बुलेन्स खरिद गर्ने पनि जानकारी दिएको छ।


प्रकाशित : मंगलबार, मंसिर १९ २०८००९:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend