शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

मर्सिडिज बेन्जले ल्याउने नयाँ विद्युतीय कारले १ हजार किलोमिटर माइलेज दिने

images
शनिबार, मंसिर ११ २०७८
images
मर्सिडिज बेन्जले ल्याउने नयाँ विद्युतीय कारले १ हजार किलोमिटर माइलेज दिने

यो वर्षको सुरुमै मर्सिडिज बेन्जले ‘इलेक्ट्रिफिकेसन प्लान’ घोषणा गरेको थियो।

images
images

काठमाडौं- जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्जले आकर्षक डिजाइन सहित नयाँ विद्युतीय कार ल्याउँदै छ। उक्त कार हाइपर-इफिसियन्ट विद्युतीय कार हुनेछ जसले एक पटकको फुल चार्जमा १ हजार किलोमिटर (६ सय २० माइल) रेन्ज दिने दाबी कम्पनीको छ। 

images
images
images

मर्सिडिजले विद्युतीय सवारीमा नयाँ प्रविधिको परीक्षण गरिरहेको छ। यो प्रविधिले विद्युतीय कारको रेन्ज बढाउने कम्पनीको भनाइ छ। 

images
images

यो वर्षको सुरुमै मर्सिडिज बेन्जले ‘इलेक्ट्रिफिकेसन प्लान’ घोषणा गरेको थियो। यो योजना मर्सिडिजले २०३० पछि विद्युतीय सवारीमात्र बनाउने लक्ष्य अनुरुप आएको हो। सो लक्ष्य भेटाउन मर्सिडिजले नयाँ योजनाहरु क्रमैसँग सार्वजनिक गर्दै जाने बताएको छ। 

images
images

त्यस मध्येको एक योजना हो मर्सिडिज बेन्ज भिजन ईक्यूएक्सएक्स। यो मर्सिडिजको अल्ट्रा-इफिसियन्ट परियोजना अन्तर्गत सबै विद्युतीय सवारीमात्र बनाउने तयारीमा जुटेको छ। गत वर्ष पहिलो पटक योजना सार्वजनिक गर्दा १२ सय किलोमिटर रेन्जको कार ल्याउने बताएको थियो। 

मर्सिडिज बेन्जले पछिल्लो पटक भने अनुसार १ हजार किलोमिटर रेन्ज दिने विद्युतीय कार सार्वजनिक गरेमा यो नै विश्वको धेरै माइलेज दिने पहिलो कार हुनेछ। मर्सिडिजले केही समयअघि सार्वजनिक गरेको ईक्यूएसमा भन्दा नयाँ आउने कारमा ब्याट्री सेल २० प्रतिशत बढी हुने जनाएको छ। 

 


प्रकाशित : शनिबार, मंसिर ११ २०७८०२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend