शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

images
सोमबार, मंसिर १८ २०८०
images
उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

चालु आवका लागि अहिलेसम्म ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पुर्‍याइसकिएको सूचना अधिकारी सुनारले जानकारी दिए।

images
images

गोरखा- उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि अनुदानको चामल पुर्‍याइएको छ। 

images
images
images

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि सिर्दीबास डिपोका लागि चामल ढुवानी गर्न थालेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिए। 'सदरमुकामस्थित कम्पनीको शाखा कार्यालयबाट दोभानसम्म मिनिट्रक र दोभानबाट सिर्दीबास डिपोसम्म खच्चडले ढुवानी गर्न थालेको छ', उनले भने, 'सिर्दीबास डिपोमा चामल ढुवानीका लागि दूधपोखरी निर्माण सेवासँग कम्पनीले ठेक्का सम्झौता गरेको छ।'

images
images

चालु आवका लागि अहिलेसम्म ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पुर्‍याइसकिएको उनले जानकारी दिए।

images
images

कम्पनीले चालु आवमा सिर्दीबास डिपोका लागि एक हजार क्विन्टल, माछाखोला डिपो, नामरुङ बिक्री केन्द्र र चुम्लिङ बिक्री केन्द्रका लागि पाँच/पाँच सय क्विन्टल चामलको ढुवानी कोटा निर्धारण गरेको छ।

'सिर्दीबासमा चालु आवमा पहिलोपटक चामल पुर्‍याइएको हो', उनले भने, 'पहिलो लटमा सिर्दीबास डिपोका लागि ६७ क्विन्टल स्टिम जिरा मसिनो चामल पुर्‍याइएको हो।'

कम्पनीले गोरखा बजारदेखि सिर्दीबास डिपो र नाम्रुङ बिक्री केन्द्रको लागि चामल ढुवानी गर्न दूधपोखरी निर्माण सेवा एण्ड सप्लायर्ससँग ठेक्का सम्झौता गरेको छ भने चुम्लिङ बिक्री केन्द्र र माछाखोला डिपोका लागि लिलिएन घले कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको उनले जानकारी दिए।

विकटमा रहेको खाद्य डिपो र बिक्री केन्द्रमा समयमै चामल पुर्‍याउनका लागि छिट्टै ढुवानी गर्न सुरु गरिएको सूचना अधिकारी सुनारको भनाइ छ। खाद्य कम्पनीले सिर्दीबास डिपोबाट बिक्रीका लागि सोना मन्सुली चामल प्रतिकिलो ५६, स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८८ रूपैयाँमा मूल्य निर्धारण गरेको छ।

त्यस्तै माछाखोला डिपोबाट बिक्रीका लागि सोना मन्सुली चामल प्रतिकिलो ५४, स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८८ र नामरुङ बिक्री केन्द्रबाट सोना मन्सुली चामल प्रतिकिलो ६५, स्टिम जिरा मसिनो चामल प्रतिकिलो ९१ रूपैयाँ तोकेको छ।

चुम्लिङमा रहेको बिक्री केन्द्रबाट सोना मन्सुली चामल प्रतिकिलो ६५ र स्टिम जिरा मसिनो चामल प्रतिकिलो ९० रूपैयाँमा बिक्री गर्ने गरी मूल्य निर्धारण भएको कम्पनीले जनाएको छ। कम्पनीले नामरुङ र चुम्लिङ बिक्री केन्द्रमा पनि तत्कालै चामल ढुवानी गर्नका लागि ठेकेदार कम्पनीसँग छलफल गरिरहेको सूचना अधिकारी सुनारले बताए। रासस


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend