सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

‘बाडौँ खुशी चडौँ सुजुकी’ योजनामा ऋतेश कार्कीले जिते सुनको सिक्का

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १८ २०८०
‘बाडौँ खुशी चडौँ सुजुकी’ योजनामा ऋतेश कार्कीले जिते सुनको सिक्का

बसुन्धाराका ऋतेश कार्कीले अन्तिम बम्पर विजेता बनेर १० ग्राम सुनको सिक्का जितेका छन्।

काठमाडौं- भीजी अटोमोबाइल्स प्रालिले यहि मंसिर १७ गते टेकु सोरुममा गरिएको फेसबुक लाइभमार्फत अन्तिम बम्पर विजेता घोषणा गरेको छ।

बसुन्धाराका ऋतेश कार्कीले अन्तिम बम्पर विजेता बनेर १० ग्राम सुनको सिक्का जितेका छन्।  

यो योजना लागु भएदेखि १५ दिनमा नेपालभर खरिदकर्ताहरुलाई समावेश गरी गरेको लक्की ड्रमार्फत कार्की अन्तिम विजेता बन्न सफल भएका हुन्। उनले बसुन्धारा स्थित यारिस अटोमोबाइल्सबाट इन्टुडर मोटरसाइकल खरिद गरेका थिए। 

यो योजना अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाईकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट वा सुजुकी ब्रण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्दा १५ हजार तथा अन्य कुनै पनि ब्रण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सक्ने व्यवस्था थियो। 

त्यस्तै शुन्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधाका साथै एक वर्ष रोड ट्याक्स फ्री हुनेसमेत कम्पनीले जनाएको छ। 

भीजी अटोमोबाइल्स प्रालि सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता हो। 


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१२:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend