शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

तारागाउँ रिजेन्सी होटलको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण

images
सोमबार, मंसिर १८ २०८०
images
तारागाउँ रिजेन्सी होटलको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण

कुनै पनि कम्पनीको सेयर मूल्य प्रभावित हुने निर्णय भएको दिन वा त्यसको भोलिपल्ट बजार खुल्नुभन्दा पहिले नै नेस्पेलाई जानकारी गराउनुपर्छ। तर तारागाउँले भने शनिबार निर्णय गरेर सोमबार बुझाएको छ।

images
images

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज लिमिटेडले तारागाउँ रिजेन्सी होटल कम्पनी लिमिटेडको सेयर सूचीकरण स्थगन गरिदिएको छ। 

images
images
images

सञ्चालक समितिले नियमविपरीत गतिविधि गर्दे सेयरको मूल्यमा प्रभाव पार्न खोजेको भन्दै नेप्सेले कम्पनीलाई स्पष्टीकरण सोध्दै कारोबार रोकिदिएको हो। 

images
images

कम्पनीको सञ्चालक समितिको बैठक शनिबार बसेर गत वर्षसम्मको नाफाबाट सेयरधनीलाई लभांश दिने निर्णय गरेको थियो। सो निर्णयको जानकारी आज सोमबारमात्र नेप्सेलाई उपलब्ध गराइएको थियो। यो काम नियम विपरीत भएको भन्दै नेप्सेले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न कम्पनीलाई निर्देशन दिएको छ। 

images
images

कुनै पनि कम्पनीको सेयर मूल्य प्रभावित हुने निर्णय भएको दिन वा त्यसको भोलिपल्ट बजार खुल्नुभन्दा पहिले नै नेस्पेलाई जानकारी गराउनुपर्छ। तर तारागाउँले भने शनिबार निर्णय गरेर सोमबार बुझाएको छ। 

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत सेयर लाभांश दिने भएको छ। त्यस्तै कर प्रायोजनसहित ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend