शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको स्थिर

images
सोमबार, मंसिर १८ २०८०
images
सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको स्थिर

सोमबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर छ।

images
images

काठमाडौं- यो साता सुनको मूल्य लगातार दोस्रो दिन पनि उच्च बिन्दुमा पुगेको छ। आइतबार तोलामै १८ सय रूपैयाँले बढेर प्रतितोला एक लाख २० हजार ८ सय रूपैयाँ पुगेको सुनको मूल्य सोमबार प्रतितोला ८ सय रूपैयाँले बढेको हो।

images
images
images

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रूपैयाँ कायम छ। यो हालसम्मकै उच्च मूल्य हो।

images
images

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार तोलामा पाँच रूपैयाँले बढेर प्रतितोला एक हजार पाँच सय ४५ रूपैयाँ तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

images
images


प्रकाशित : सोमबार, मंसिर १८ २०८०११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend