सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको स्थिर

सोमबार, मंसिर १८ २०८०
सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको स्थिर

सोमबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर छ।

काठमाडौं- यो साता सुनको मूल्य लगातार दोस्रो दिन पनि उच्च बिन्दुमा पुगेको छ। आइतबार तोलामै १८ सय रूपैयाँले बढेर प्रतितोला एक लाख २० हजार ८ सय रूपैयाँ पुगेको सुनको मूल्य सोमबार प्रतितोला ८ सय रूपैयाँले बढेको हो।

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रूपैयाँ कायम छ। यो हालसम्मकै उच्च मूल्य हो।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार तोलामा पाँच रूपैयाँले बढेर प्रतितोला एक हजार पाँच सय ४५ रूपैयाँ तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, मंसिर १८ २०८०११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend