शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम खुला प्रतिस्पर्धामार्फत जिम्मा दिन समिति गठन

आइतबार, मंसिर १७ २०८०
त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम खुला प्रतिस्पर्धामार्फत जिम्मा दिन समिति गठन

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा खुला प्रतिस्पर्धाबाट दिनका लागि समिति बनाइएको छ। प्राधिकरणले उक्त प्रयोजनका लागि बोलपत्रसम्बन्धी कागजात तयार पार्न समिति गठन गरेको हो।

निगमले एकछत्र बजार लिए पनि विमानस्थलमा यात्रुले हैरानी पाउने गरेको गुनासो बढ्दै गएपछि प्राधिकरणले विश्वका ठूला एयरलाइन्सले समेत भाग लिन पाउनेगरी खुला विधि अपनाउन लागेको हो। जसका लागि प्राधिकरणका निर्देशक सुनिल कुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय कमिटी गठन गरिएको छ। 

विगत लामो समयदेखि नेपाल वायुसेवा निगममार्फत ग्राउन्ड ह्यान्डलिङको काम हुँदा विमानस्थलमा सुधार हुन नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले खुला प्रतिस्पर्धामार्फत जिम्मा दिने निर्णय गरेको थियो। 

विमानस्थल सेवा शुल्क २०७८ नियम ५ (२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धामा छनोट गर्ने निर्णय भएको थियो।

विमानस्थलबाट निगमले आफ्ना जहाज उडाएर व्यापार गर्नुको सट्टा ह्यान्डलिङमा निर्भर हुँदै आएको थियो। निगमले वार्षिक ५ अर्ब रुपैयाँ ह्यान्डलिङमार्फत आम्दानी गर्दै आएको थियो। अन्य एयरलाइन्स कम्पनीहरूले निगमले सेवा चुस्त बनाउन नसकेको तथा महँगो भएको भन्दै विरोध गर्दै आएका थिए। 


प्रकाशित : आइतबार, मंसिर १७ २०८०१८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend