शुक्रबार, चैत ८ गते २०८१    
शुक्रबार, चैत ८ २०८१
images
images

टीकापुरमा आईएमई लाइफ इन्स्योरेन्सको तालिम

images
आइतबार, मंसिर १७ २०८०
images
images
टीकापुरमा आईएमई लाइफ इन्स्योरेन्सको तालिम

आईएमईले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरेको हो।

images
images

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरुलाई वित्तीय तालिम प्रदान गरेको छ।

images
images

आईएमईले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरेको हो।

images
images

आइतबार सम्पन्न तालिममा सम्पत्ति शुद्धीकरणको कानूनी संरचना, परिभाषा, सम्पत्ति शुद्धीकरण निवारण नीति, एएमटी/सीएफटीका महत्त्व र लक्ष्यहरु, मनि लाउन्डरिङका घटनाहरु, सम्पत्ति शुद्धीकरणका लक्ष्यहरु, नेपाली जीवन बीमा क्षेत्रमा सम्भावित मनि लाउन्डरिङका घटनाहरु, विभिन्न विधिबाट रेकर्ड र रिपोर्टिङको पहिचानलगायतका विषयमा जानकारी दिइएको थियो।

images
images

यस्तै एकल बीमा शुल्क, वित्तीय जोखिमांकन, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, जोखिम वर्गीकरण, वित्तीय जोखिमांकनको चरण, कम्पनीको भूमिका कारबाही तथा सजायलगायतका विभिन्न विषयमा विस्तृत जानकारी दिइएको थियो

आईएमई लाइफ ईन्स्योरेन्सको केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरुको उपस्थितमा उक्त तालिम सञ्चालन गरिएको थियो।


प्रकाशित : आइतबार, मंसिर १७ २०८०१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend