शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

इन्साइडर ट्रेडिङको आरोपमा पहिलोपटक विशेष अदालतमा मुद्दा दायर

गुरुप्रसाद न्यौपाने र कुवेरमणि नेपालविरुद्ध १ करोड ९९ लाख बिगो दाबी

images
आइतबार, मंसिर १७ २०८०
images
इन्साइडर ट्रेडिङको आरोपमा पहिलोपटक विशेष अदालतमा मुद्दा दायर
images
images

काठमाडौं- इन्साइडर ट्रेडिङको आरोपमा पहिलोपटक विशेष अदालतमा मुद्दा दायर भएको छ। विशेष अदालत काठमाडौ‌ंमा पहिलोपटक सेयरसम्बन्धी मुद्दा दर्ता भएको हो।

images
images
images

भित्री कारोबार गरेको आरोप तत्कालीन रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र कार्यकारी सञ्चालक कुवेरमणि नेपालविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दायर गरेको हो।  

images
images

अध्यक्ष रहेकै समयमा रिडी पावर कम्पनीको सेयर कारोबार गरेको र त्यसमा सहजीकरणको भूमिका निर्वाह गरेको आरोप नेपाललाई लगाइएको छ। 

images
images

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन ०६४ विपरीत भएको भन्दै मुद्दा दर्ता गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

‘तत्कालीन अध्यक्ष न्यौपानेले उक्त कम्पनीको सेयर निज सो पदमा बहाल रहँदाकै बखत २०७७ चैत १९ देखि २०७८ साउन २४ सम्म खरिद बिक्री गरेको सम्बन्धमा तहकिकात गर्दा निजले धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको देखिएकाले उक्त कसुरमा मुद्दा दर्ता भएको भन्ने समेतको ब्यहोरा उल्लेख भएको देखिन्छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सोसम्बद्ध कसुर (इन्साइडर ट्रेडिङ ) बाट प्रतिवादी गुरुप्रसाद न्यौपानेले अर्का प्रतिवादी कुवेरमणि नेपालको सहजीकरण र मिलेमतोमा १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ जानीजानी प्राप्ति गरेकोले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ मा तोकिएको निषेधित कार्य गरेको तथ्य प्रमाणित हुन आएको ठहर गरिएको छ। 

उल्लेखित रकम बराबर बिगो कायम गरी ऐनको दफा ३० को उपदफा १ बमोजिम बिगोको दोबर जरिवाना, कसुरको मात्राअनुसार कैद सजायको माग गरिएको छ।


प्रकाशित : आइतबार, मंसिर १७ २०८०१०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend