शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

तीन वर्षदेखि प्राविधिक नहुँदा पर्वतमा पूर्वाधारका काम प्रभावित

images
आइतबार, मंसिर १७ २०८०
images
तीन वर्षदेखि प्राविधिक नहुँदा पर्वतमा पूर्वाधारका काम प्रभावित

पूर्वाधार विकास कार्यालय पर्वतमा इन्जिनियर, लेखा, प्रशासन, हलुका सवारी चालकलगायत सबै गरेर जम्मा १६ जनाको दरबन्दी भए पनि अहिले कार्यरत कर्मचारीको सङ्ख्या कार्यालय सहयोगीसहित जम्मा आठ मात्रै छ।

images
images

पर्वत- भौतिक विकास निर्माण तथा पूर्वाधारसम्बन्धी काम गर्ने प्रमुख कार्यालयको रुपमा रहेको पूर्वाधार विकास कार्यालय पर्वत लामो समयदेखि प्राविधिकविहीन छ। दरबन्दी अनुसारका प्राविधिक नहुँदा सडक, मोटरेबल पुल, झोलुंगे पुल, ग्रामीण सडक स्तरोन्नति तथा खेलमैदान निर्माणलगायतका चालु आर्थिक वर्षका एक सय ७२ योजना प्रभावित बनेका छन्। पूर्वाधार विकास कार्यालय विगत तीन वर्षदेखि प्राविधिकविहीन हो।

images
images
images

पाँचाैँ, छैटाैँ, साताैँ, आठाैँ तहका प्राविधिक गरी १० जनाको दरबन्दी रहेको कार्यालयमा पाँचौँ र छैटाैँ सहायक प्राविधिक दुई जनामात्र कार्यालयमा कार्यरत छन्। तीन जना सातौँ र आठाैँ तहका प्राविधिककको दरबन्दी रहेको कार्यालयमा अहिले एकजना पनि कार्यरत छैनन्। सातौँ-आठौँ तहको दरबन्दी भए पनि कार्यालयमा अहिले तीवट पदविहीन बनेको कार्यालय प्रमुख गरुदत्त अधिकारीले जानकारी दिए।

images
images

'जिल्लाान ग्राभेल सडक, सडक पुल, माटे सडक, झोलुंगे पुललगायत निर्माणको गतिविधिको अगुवाइ गर्ने कार्यालयमा इन्जिनियरको दरबन्दी तीन जनाको हो तर एक जना पनि छैनन्' , उनले भने, 'सब-इन्जिनियर अधिकृतस्तर पाँचौँ-छैटौँको सात वटा दरबन्दी छ तर अहिले कार्यरत सब-इन्जिनियरको सङ्ख्या जम्मा दुई जना मात्रै छ।'

images
images

दरबन्दी अनुसारको कर्मचारी नभएपछि आफूहरुलाई कामको अत्यन्तै चाप रहेको अधिकारीको भनाइ छ। 'सीमित जनशक्तिका कारण सबै योजनाको विस्तृत लागत तयार गर्ने, योजनाको डीपीआर निरीक्षण गर्ने, योजनाको मूल्यांकनलगायत कामले अत्यधिक भार परेको बताउँदै कतिपय योजनामा प्राविधिककै कारण ढिलाइ हुने गरेको उनले बताए।

योजनाको काम प्रभावित हुन नदिन दैनिक ज्यालादारीमा प्रतिव्यक्ति एक हजार दुई सयदेखि एक हजार पाँच सय रूपैयाँसम्म दिनेगरी प्राविधिक सुपरभाइजरको रुपमा तीन जना सब-इन्जिनियरलाई काममा लगाइएको कार्यालय प्रमुख अधिकारीले बताए। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेशले करारमा कर्मचारी राख्न नपाइने व्यवस्था गरेपछि ज्यालादारीमा राख्नुपरेको हो।

पूर्वाधार विकास कार्यालय पर्वतमा इन्जिनियर, लेखा, प्रशासन, हलुका सवारी चालकलगायत सबै गरेर जम्मा १६ जनाको दरबन्दी भए पनि अहिले कार्यरत कर्मचारीको सङ्ख्या कार्यालय सहयोगीसहित जम्मा आठजना मात्रै छ। उक्त कार्यालयमार्फत अहिले पर्वत जिल्लामा नौवटा बहुवर्षीय सडक योजना सञ्चालनमा छन् भने चार वटा मोटरेवल पुल निर्माणाधीन छन्।

चार वटा मोटरेवल पुलमध्ये लिदी खोला सडक पुल राम्जा र छत्तीसेघाट सडक पुल पैँयु गरी दुई वटा पुल निर्माणाधीन छन् भने अन्य दुई वटा सडक पुल ठेक्का प्रक्रियामा गइसकेको कार्यालयले जनाएको छ। पूर्वाधार विकास कार्यालय अन्तर्गत यस वर्ष साना र ठूला गरी एक सय ७२ वटा भौतिक विकास निर्माणका योजना सञ्चालनमा छन्। यसवर्ष पर्वतको भौतिक पूर्वाधार विकासमा एक अर्ब पाँच करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय स्थापना भएपछि पर्वतमा अहिलेसम्म ८१ दशमलव ३७ किमी पक्की सडक निर्माण भएको छ भने ३४ दशमलव सात किमी सडक ग्राभेल गरिएको कार्यालयले जनाएको छ। दरबन्दीअनुसारको जनशक्ति अभावमा तोकिएअनुसारको काम गर्न समस्या भएको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, मंसिर १७ २०८०१३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend