सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

शिवम् सिमेन्टद्वारा विद्यालयलाई स्कुलबस र विद्यार्थीलाई स्कुलब्याग वितरण

आइतबार, मंसिर १७ २०८०
शिवम् सिमेन्टद्वारा विद्यालयलाई स्कुलबस र विद्यार्थीलाई स्कुलब्याग वितरण

विद्यार्थी र विद्यालयलाई पठनपाठनका लागि हौसला प्रदान गर्न सो सहयोग गरिएको शिवमले जनाएको छ।

काठमाडौं- शिवम् सिमेन्टले चितवन र मकवानपुरका दुई विद्यालयलाई स्कुल बस र स्कुल ब्याग वितरण गरेको छ। 

शिवमले मकवानपुरको हेटौँडा-१७, हटियास्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस र चितवनको भरतपुर-१५ मंगलपुरमा रहेको विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बस र ब्याग वितरण गरेको हो। विद्यार्थी र विद्यालयलाई पठनपाठनका लागि हौसला प्रदान गर्न सो सहयोग गरिएको शिवमले जनाएको छ।

शिवमले उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विगतका वर्षहरुमा पनि विभिन्न शैक्षिक सामाग्रीहरुको वितरण, छात्रवृत्ति कोषको स्थापना तथा न्यानो कपडाहरु वितरण, विपन्न परिवारका लागि खाद्यान्न वितरण, एम्बुलेन्स हस्तान्तरण, सडक निर्माण, वृक्षरोपणजस्ता कार्यहरु गर्दै आइरहेको छ।


प्रकाशित : आइतबार, मंसिर १७ २०८०१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend