सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको पनि बढ्यो

आइतबार, मंसिर १७ २०८०
सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको पनि बढ्यो

चाँदीको मूल्य आज तोलामा ५ रूपैयाँले बढेर प्रतितोला एक हजार ५ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। गएको बुधबार उच्च बिन्दुमा पुगेर बिहीबार स्थिर रही शुक्रबार तोलामा तीन सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार पुन: उच्च बिन्दुमा पुगेको हो।

आइतबार सुनको मूल्य प्रतितोला १८ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २० हजार ८ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २० हजार २ सय रूपैयाँ कायम छ।

चाँदीको मूल्य आज तोलामा ५ रूपैयाँले बढेर प्रतितोला एक हजार ५ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, मंसिर १७ २०८०११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend