सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

आकर्षक स्किमले भरिपूर्ण टाटा म्याक्सचेन्ज मेलामा बढ्दो आकर्षण, आइतबार अन्तिम दिन

शनिबार, मंसिर १६ २०८०
आकर्षक स्किमले भरिपूर्ण टाटा म्याक्सचेन्ज मेलामा बढ्दो आकर्षण, आइतबार अन्तिम दिन

काठमाडौं- नेपालका लागी टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आयोजना गरेको म्याक्सचेन्ज मेलामा उपभोक्ताको आकर्षण देखिएको छ।

उक्त म्याक्सचेञ्ज मेला कार्यक्रमको भोली अन्तिम दिन हो। कम्पनीका अनुसार एक्सचेञ्ज गरेर टाटा कार किन्न इच्छुक ग्राहकवर्गलाई लक्षित गरि योजना गरिएको म्याक्सचेञ्ज मेलामा उत्साहजनक सहभागिता रहेको सिप्रदीले जनाएको छ।

विशेषगरि नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स ईभी गाडी किन्न चाहने ग्राहकहरुको सहभागिता अझै धेरै देखिएको छ। म्याक्सचेञ्ज मेला यही मंसिर १५ गतेदेखि सुरु भएर आइतबार सकिँदैछ।

म्याक्सचेन्ज मेला थापाथली, सल्लाघारीलगायत नेपालभरका सबै टाटा मोटर्सको शोरुमहरुमा आयोजना भइरहेको छ। भोली मेलाको अन्तिम दिन टाटा कारको शोरुममा गएर टाटा नेक्सन म्याक्स ईभी गाडी किन्दा पाइने आकर्षक स्किमको फाइदा उठाउन कम्पनीले आह्वान गरेको छ। 

म्याक्सचेञ्ज मेलामा निःशुल्क रुपमा ईभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने छ। साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन्।  

यस म्याक्सचेञ्ज मेलाको अबसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ।


प्रकाशित : शनिबार, मंसिर १६ २०८०१६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend