शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा खुला प्रतिस्पर्धाबाट दिने निर्णय

एयरलाइन्सलाई महँगो र यात्रुलाई हैरानी दिएको ठहर 

शुक्रबार, मंसिर १५ २०८०
त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा खुला प्रतिस्पर्धाबाट दिने निर्णय

विमानस्थलबाट निगमले आफ्ना जहाज उडाएर व्यापार गर्नुको सट्टा ह्यान्डलिङमा निर्भर हुँदै आएको थियो। निगमले वार्षिक ५ अर्ब रुपैयाँ ह्यान्डलिङमार्फत आम्दानी गर्दै आएको थियो।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा खुला प्रतिस्पर्धाबाट गरिने भएको छ।

विगत लामो समयदेखि नेपाल वायुसेवा निगममार्फत ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिँदा विमानस्थलमा सुधार हुन नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले खुला प्रतिस्पर्धामार्फत जिम्मा दिने भएको हो।

निगमले एकछत्र बजार लिएपनि विमानस्थलमा यात्रुले हैरानी पाउने गरेको गुनासो बढ्दै गएपछि प्राधिकरणले विश्वका ठूला एयरलाइन्सले समेत भाग लिन पाउनेगरी खुला विधि अपनाउन लागेको जनाएको छ। 

विमानस्थल सेवा शुल्क २०७८ नियम ५ (२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धामा छनोट गर्ने निर्णय भएको हो।

विमानस्थलबाट निगमले आफ्ना जहाज उडाएर व्यापार गर्नुको सट्टा ह्यान्डलिङमा निर्भर हुँदै आएको थियो। निगमले वार्षिक ५ अर्ब रुपैयाँ ह्यान्डलिङमार्फत आम्दानी गर्दै आएको थियो।

अन्य एयरलाइन्स कम्पनीहरूले निगमले सेवा चुस्त बनाउन नसकेको तथा महँगो भएको भन्दै विरोध गर्दै आएका थिए। 

प्रकाशित : शुक्रबार, मंसिर १५ २०८००९:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend