शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ईयूको कालोसूची नहटेपछि निगमका कार्यकारी अध्यक्षलाई प्राधिकरणको प्रश्न- तपाईंलाई पदमा किन राखिरहने?

शुक्रबार, मंसिर १५ २०८०
ईयूको कालोसूची नहटेपछि निगमका कार्यकारी अध्यक्षलाई प्राधिकरणको प्रश्न- तपाईंलाई पदमा किन राखिरहने?

नेपाली वायुसेवा कम्पनीहरूको जहाजलाई युरोपको आकाशमा उडान गर्न लागेको प्रतिबन्ध सन् २०२४ को सुरुवातसँगै हट्नेमा नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरण विश्वस्त थियो।

काठमाडौं- नेपाली वायुसेवा कम्पनीहरूको जहाजलाई युरोपको आकाशमा उडान गर्न लागेको प्रतिबन्ध निरन्तर भएपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ। 

ईयूको पत्रसँगै प्राधिकरणले निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट किन नहाटाउने भन्दै पत्र काटेको हो। यसअघि पनि प्राधिकरणले अधिकारीलाई हवाई सुरक्षामा गम्भीर लापबारही गरेको भन्दै स्पष्टीकरण सोधेको थियो।

नेपाली वायुसेवा कम्पनीहरूको जहाजलाई युरोपको आकाशमा उडान गर्न लागेको प्रतिबन्ध सन् २०२४ को सुरुवातसँगै हट्नेमा नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरण विश्वस्त थियो। तर नेपाल वायुसेवा निगम र श्री एयरको सुरक्षा अडिटमा गम्भीर लापरबाही रहेको भन्दै ईयूले प्रतिबन्ध निरन्तर रहनेगरी प्राधिकरणलाई पत्र पठाएको छ। 

पत्रमा प्राधिकरणका महानिर्देशक तथा उनको टिमले हवाई सुरक्षाका लागि गरेका काममा खुलेरै स्वागत गरेको थियो तर प्रतिबन्ध निरन्तरता हुनमा नेपाल वायुसेवा निगम बाधक भएको प्रमाणित भएको छ।

निगम व्यवस्थापनको गम्भीर लापरबाहीका कारण नेपाली वायुसेवा कम्पनीको व्यवसायमा नै धक्का लागेको छ। नेपालको पर्यटन विकासमा यसले झन असर गरेको छ।

ईयूले नेपाल वायुसेवा निगममाथि उठाएका विषय

- निगमको नेतृत्व, प्रक्रिया पद्धति तथा समग्र प्रणालीमा कायापलट गरिनु पर्ने। 

- 'एसएमएस' कडाइका साथ लागु नभएको।

- अडिट चेकलिष्टको गुणस्तरमा सुधार नगरेको।

- वार्षिक अडिटले औँल्याएका कमी कमजोरीहरूको सुधार नगरेको।

- उडान समयको निश्चितता, डकुमेन्ट व्यवस्थापन, सुझाव कार्यान्वयनजस्ता पक्षमा गम्भीर कमजोरी रहेको।

- वायुसेवाको उडान योग्यता तथा क्षमता सम्बन्धमा गर्नुपर्ने आवश्यक नियमन तथा सुरक्षा चासोमा कमी देखिएको।


प्रकाशित : शुक्रबार, मंसिर १५ २०८००९:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend