शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सन् २०२३ को ११ महिनामा भित्रिए ९ लाख १८ हजार ३ सय ८ पर्यटक

शुक्रबार, मंसिर १५ २०८०
सन् २०२३ को ११ महिनामा भित्रिए ९ लाख १८ हजार ३ सय ८ पर्यटक

काठमाडौं- सन् २०२३ को ११ महिनामा ९ लाख १८ हजार ३ सय ८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार ३ सय ८ पर्यटक नेपाल भ्रमणमा आएका हुन्। सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

सन् २०१९ को पर्यटक आगमनदरअनुसार तुलना गर्दा ८३ प्रतिशत 'रिकभर' भएको छ। नेपालमा हालसम्म सबैभन्दा धेरै सन् २०१९ मा १२ लाख पर्यटक नेपाल भ्रमणमा आएका थिए। 

नोभेम्बरमा मात्रै १ लाख ८ हजार ६ सय ३० पर्यटक नेपाल आएका छन्। कोभिड १९ पछि नेपाल आउने पर्यटक संख्या लगातार वृद्धितर्फ देखिएको छ। 

tourist data.jpg

नोभेम्बरमा कुल पर्यटक आगमनमध्ये २० प्रतिशत भारतबाट आएका छन्। सो  अवधिमा भारतबाट हवाईमार्ग भएर २४ हजार चार सय ४३ जना पर्यटक नेपाल आएका छन्। 

संयुक्त राज्य अमेरिकाबाट ११ हजार चार सय ६१ जना नेपाल आउँदै गर्दा अर्को छिमेकी मुलुक चीनबाट सात हजार छ सय एक, बेलायतबाट छ हजार एक सय ३८, अष्ट्रेलियाबाट पाँच हजार ६०, थाइल्याण्डबाट तीन हजार सात सय ६१, जर्मनीबाट तीन हजार पाँच सय १२, श्रीलङ्काबाट तीन हजार दुई सय २८ र फ्रान्सबाट तीन हजार दुई सय पाँचजना पर्यटक भित्रिएका छन्।


प्रकाशित : शुक्रबार, मंसिर १५ २०८००८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend