शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

शुक्रबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो

images
शुक्रबार, मंसिर १५ २०८०
images
शुक्रबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य २० रुपैयाँले बढेको हो।

images
images

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ।

images
images
images

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य २० रुपैयाँले बढेको हो। 

images
images

शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम भएको छ।त्यस्तै तेजावी सुनको मूल्य १ लाख १८ हजार ४ सय ५० रुपैयाँ रहेकाे छ। 

images
images

चाँदीको मूल्य १ हजार ५ सय ४० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। बिहीबार छापावल सुनको मूल्य १ लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : शुक्रबार, मंसिर १५ २०८००५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend